फुलबारी महानन्दा ब्यारेज नदीमा डुबेका युवक निखोज

राजगञ्ज : फुलबारी महानन्दा ब्यारेजमा नदीमा नुहाउन जाँदा एकजना युवकलाई नदीले बगाएर लगेपछि हालसम्म निखोज रहेको छ। निखोज युवक सिलगढीको रवीन्द्रनगर इलाका निवासी 29 वर्षीय पिङ्कु पासवानको रूपमा चिन्हित गरिएको छ। पारिवारिक सूत्रले दिएको जानकारीअनुसार हिजो साँझ पिङ्कु आफ्ना चारजना साथीहरूसित फुलबारी महानन्दा ब्यारेजमा घुम्न गएका थिए। त्यस समय पिङ्कु नदीमा नुहाउन पस्दा नदीले बगाएर निखोज भएको बताइएको छ। डाबग्राम रेसक्यु टोलीले नदीमा डुबेका पिङ्कुको खोजी अभियान लगातार चलाइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *