फुलबारीमा नि:शुल्क स्वास्थ्य एवम् नेत्र जाँच शिविरको आयोजना

राजगञ्ज : सिलगढी लायन्स नेत्रालयको पहलमा फुलबारीमा निःशुल्क स्वास्थ्य एवम् नेत्र जाँच शिविरको आयोजना गरियो। फुलबारी 2 नम्बर ग्राम पञ्चायतको आमाईदिघीमा आयोजना गरिएको उक्त शिविरमा छेउछाउको इलाकाका सयौँ मानिसहरूले निःशुल्क नेत्र एवम् स्वास्थ्य जाँच गराए। यस सम्बन्धमा मनीषा सुराणाले बताएअनुसार सिलगढी लायन्स नेत्रालयको पहलमा आमाईदिघीमा उक्त नेत्र जाँच शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा आँखाको जाँच गराएका मानिसहरूमा मोतिबिन्दुको समस्या देखापरे तिनीहरूको निःशुल्क सर्जरी गरिने तिनले बताए। यसको साथै उक्त शिविरमा आएका मानिसहरूलाई खिचड़ी पनि खुवाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *