राजगञ्ज : फुलबारी सीमा चेकपोस्टबाट बङ्ग्लादेशमा बोल्डर निर्यात गरिने कार्य आजदेखि शुरू भएको छ। दुवै देशका व्यवसायीहरूको पहल अनि प्रशासनको सहमतिमा नै आजदेखि बोल्डर निर्यात कार्य शुरू भएको बताइएको छ। हाल, बङ्ग्लादेशबाट कुनै प्रकार सर-समानहरू आयात गरिएको छैन। बोल्डर केवल भुटान र पश्चिम बंगालबाट मात्र पठाइने गरिन्छ। लकडाउनको नियमहरू पालन गरेर निर्यात शुरू गरिएको व्यापारीहरूले बताए। बोल्डर बोकेको वाहनलाई सेनिटाइज गर्नको साथै चालकको स्वास्थ्य जाँच गरेपछि मात्र वाहनलाई सीमा पारी जाने अनुमति दिएको छ। भुटान र पश्चिम बंगाल मिलाएर दिनमा मोठ 100 वटा ट्रकलाई मात्र जाने प्रशासनले अनुमति दिएको छ। प्राप्त जानकारीअनुसार बोल्डर बोकेको ट्रक बङ्ग्लादेशमा प्रवेश गरेपछि चालकहरूलाई विशेष आवश्यकता बिना ट्रकबाट ओर्लिने अनुमति नदिइने साथै चालकहरूले आफूसँग सुक्खा भोजन र आवश्यक चिज राख्ने अनुमति दिएको बताइएको छ। लोडिङ र अनलोडिङ गर्दा सामाजिक दूरी बनाएर राख्नुपर्नेछ। यस सम्बन्धमा बीएसएफका एकजना अधिकारीले बताएअनुसार जिल्लाशासकको अनुमति अनुसार फुलबारी सीमा चेकपोस्टको माध्यमद्वारा बोल्डर निर्यात शुरू गरिएको छ। बङ्ग्लादेशमा बोल्डर बोकेको ट्रक जाने अनि आउने क्रममा स्वच्छताको नियमहरू पालन गरेको छ अथवा छैन यसको जाँच गरिरहेको तिनले बताए। अर्कोतिर, धेरै समयपछि बोल्डर निर्यात शुरू भएकोले यस व्यवसायसित संलग्न मानिसहरू, व्यवसायी, ट्रक चालकहरू खुशी भएका छन्।
फुलबारी सीमा चेकपोस्टबाट बङ्ग्लादेशमा बोल्डर निर्यात शुरू

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
