गाईलाई बचाउने हुँदा एकै परिवारका चार सदस्यको करेन्ट लागेर मृत्यु

गजोलडोबा, 28 सेप्टेम्बर (निसं): गाईलाई बचाउने क्रममा एकै परिवारका चार सदस्यको करेन्ट लागेर मृत्यु भएको छ। प्राण गुमाउने ती चारमध्ये एकजना नानी र एकजना महिला पनि सामेल छन्। यस दु:खद घटनाबारे थाहा पाएपछि आज सिलगढीका मेयर गौतम देव र राजगञ्जका विधायक खगेश्वर राय र अन्य अधिकारीहरूले परिवारसँग भेट गरे। यो दु:खद घटना शुक्रबार राजगञ्ज ब्लकको गाजोलडोबा संलग्न टाकीमारीको धूपगढी बस्तीमा भएको हो। प्राप्त जानकारी अनुसार, घरका मालिक परेश दासले शुक्रबार साँझ मैदानबाट गाई लिएर घरमा फर्किरहेको समय गाई झुन्डिरहेको बिजलीको तारको सम्पर्कमा आयो। त्यसपछि गाईलाई बचाउने प्रयास गर्दा परेश दास पनि करेन्टको चपेटमा परे। यसपछि उनका छोरा मिथुन दास उनलाई बचाउन आए, तर उनी पनि करेन्टको चपेटामा परे। मिथुन चिच्चाएको आवाज सुनेर उनकी पत्नी दीपाली दास र नाती सुब्रत अधिकारी घटनास्थलमा आए, तर उनीहरू पनि करेन्टको चपेटामा परेर बेहोस भए। उक्त घटना पछि चारै जनालाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पुर्याइएको थियो, जहाँ चिकित्सकहरूले उनीहरूलाई मृत घोषित गरे।
यस दुखद घटनाबारे थाहा पाएपछि आज बिहान मेयर गौतम देव र विधायक खगेश्वर रायले गाजोलडोबा संलग्न 1 नम्बर टाकीमारीको धूपगढी बस्तीका पुगेर पिडित परिवारका सदस्यसँग भेट गरे। उनले परिवारप्रति सम्वेदना व्यक्त गर्दै उनीहरूको साथमा आफु रहेको आश्वासन दिए। मेयर गौतम देवले भने, “यो निकै दुखद घटना हो। मुख्यमन्त्रीको निर्देशनअनुसार म परिवारसँग भेट्न आएको हुँ। विद्युत मन्त्रीले पनि घटनास्थलमा आउने सुझाउ दिएका थिए। असहाय परिवारको केही गुहार छ, जुन मुख्यमन्त्रीसम्म पुऱ्याइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomholiganbet girişcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom