गजलडोबा टिस्टा तट इलाकाबाट अज्ञात व्यक्तिको शव उद्धार

गजलडोबा : गजलडोबा टिस्टा ब्यारेज संलग्न इलाकाबाट अज्ञात व्यक्तिको शव उद्धार भएको छ।  आज गजलडोबा संलग्न मारापुर टिस्टा तट इलाकाबाट सडेको गलेको अवस्थामा मृतदेह उद्धार भएको बताइएको छ। घटनाको खबर पाएर मिलनपल्ली आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *