गणतन्त्र दिवस अगावै सिलगढीको एनजेपी स्टेसनमा विशेष नजरदारी

सिलगढी: गणतन्त्र दिवस अगावै सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर सिलगढीको एनजेपी स्टेसनमा विशेष नजर राखिरहेको छ। एनजेपी स्टेसन परिसरमा विशेष सुरक्षा व्यवस्था अप्नाइएको छ। यात्रीहरूको सुरक्षालाई ध्यानमा राखेर आरपीएफका कमान्डिङ अफिसर कमल सिंहले आज स्टेसन परिसरमा निरीक्षण गरे। यसको साथै स्निफर डगको सहयोगमा विशेष छानबीन अभियान चलाइरहेको छ। आरपीएफ कमान्डिङ अफिसर कमल सिंहले भने, एनजेपी स्टेसनमा प्रतिदिन हजारौँ यात्रीहरू आउने जाने गर्दछन्। गणतन्त्र दिवस अगावै एनजेपी स्टेसन क्षेत्रमा विशेष छानबीन अभियान चलाइरहेको छ। यसको साथै स्टेसनमा आउने प्रत्येक ट्रेनमा विशेष नजर राखिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *