गणतन्त्र दिवसको अवसरमा तपन भट्टाचार्य स्मृति रक्षा कमिटीद्वारा रोगीहरूलाई फल वितरण

सिलगढी : समाजसेवामूलक कार्यको माध्यमद्वारा तपन भट्टाचार्य स्मृति रक्षा कमिटीले 74औँ गणतन्त्र दिवस पालन गर्यो। कमिटीको पहलमा आज सिलगढी जिल्ला अस्पतालका लगभग एक सयजना रोगीहरूलाई फल प्रदान गरियो। तपन दत्त एकजना समाजसेवक थिए। कमिटीको तर्फबाट प्रत्येक वर्ष विविध सेवामूलक कार्यक्रमको आयोजना गर्ने गरिन्छ। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका अलोक चक्रवर्ती, काउन्सिलर रामभजन महतो, दीपक शील लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *