गर्मीमा चालकहरूलाई पुलिसद्वारा ग्लुकोजयुक्त पानी वितरण

राजगञ्ज : राजगञ्ज ट्राफिक पुलिसद्वारा आज अधिक गर्मीबाट वाहन चालकहरूलाई राहत दिलाउने उद्देश्य लिएर ग्लुकोजयुक्त चिसो पिउने पानी प्रदान गरियो। राजगञ्जको फाटापुकुर मोडमा राजगञ्ज ट्राफिक पुलिसको पहलमा वाहन चालकहरूलाई ग्लुकोजयुक्त चिसो पिउने पानीको व्यवस्था गरियो। यस अवसरमा राजगञ्ज ट्राफिक ओसी अतुल दासले भने, अत्याधिक गर्मीमा पनि वाहन चालकहरूले आफू लगायत परिवारको भरण पोषण गर्न वाहन चलाइरहेका छन्। यसैले चालकहरूलाई अत्याधिक गर्मीबाट केही राहत दिलाउने उद्देश्य लिएर आज राजगञ्ज ट्राफिक पुलिसको तर्फबाट ग्लुकोजयुक्त चिसो पिउने पानी प्रदान गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *