गायक लाक्पा छिरिङ तामाङको “घिन घिन मादल” गीत लोकार्पित

खरसाङ (निसं): खरसाङको अम्बटे चियाबारी निवासी गायक लाक्पा छिरिङ तामाङले धेरै समयदेखि भारतीय नेपाली संगीतलाई योगदान पुऱ्याइरहेका छन्। आफ्नो जन्मथलोदेखि कोशौ टाढा रहेर पनि उनले आफ्नो गायन प्रतिभालाई निरन्तरता दिँदै हालसम्म आठवटा भन्दा अधिक गीतहरू आफ्नो सुमधुर स्वरमा श्रोतामाझ राखि सकेका छन्। तिनको लोकप्रिय गीतहरूमा “गोर्खालीलाई नचिनेको संसारले छैन र”, “यो बहार” एवम् “परदेशी” आदि रहेका छन्। नेपाली सांगीतिक क्षेत्रलाई थप टेवा पुऱ्याउन लोक-आधुनिक धुनमा आधारित गीत “घिन घिन मादल” आफ्नो निजी युट्युब च्यानलमार्फत लोकार्पण गरिसकेको जानकारी प्राप्त भएको छ। यस गीतका शब्दकार बाबाको टोपी, कल्ली, अब छोडेर जाने जस्ता चर्चित गीतहरुका रचियता गोबिन्द हुमागाई रहेका छन् भने गायक प्रबल थापाको संगीत अनि कालेबुङ निवासी निलम मोक्तानको संगीत संयोजन  रहेको छ। मिक्सिङ-मास्टरिङ रोहन परिवार (कालेबुङ) एवम् राज कुमार (नयाँ दिल्ली) अनि लिरिकल भिडियो उज्ज्वल राई (मिरिक) द्धारा तयार पारिएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *