खरसाङ (निसं): खरसाङका एकजना युवा गायक मिराज लेप्चाको दोस्रो म्युजिक भिडियो दुई किनाराको दार्जिलिङको एउटा होटलमा विधिवत् रूपमा लोकार्पण गरियो। अनिल विश्वकर्मद्वारा सञ्चालित कार्यक्रममा मुख्य अतिथिको रूपमा वरिष्ठ सङ्गीतकार तथा हिमालय कला मन्दिरका अध्यक्ष बसन्त छेत्री उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा वरिष्ठ साहित्यकार, लेखक, गीतकार दल सिंह अकेला, गायिका हिरा रसाइली लगायत गायक मिराज लेप्चाका माता-पिता, धर्मपत्नी उपस्थित थिए। कार्यक्रममा स्थानीय गायक कलाकारहरू, सङ्गीतकार, शब्दकार आदिको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा मुख्य एवम् विशिष्ट अतिथिहरूको बाहुलीबाट म्युजिक भिडियो दुई किनाराको विधिवत् रूपमा लोकार्पण गरियो भने उक्त म्युजिक भिडियो पनि प्रदर्शन गरियो। दार्जिलिङकी प्रख्यात गायिका संगीता गुरुङको गायनबाट आरम्भ गरिएको कार्यक्रममा गायक मिराज लेप्चा लगायत अन्य गायक कलाकारहरूले मिठा-मिठा गीतहरू प्रस्तुत गरे। मायङल्याङद्वारा निर्मित तथा मिराज लेप्चा अनि रचिता छेत्रीद्वारा अभिनित म्युजिक भिडियो तथा संगीत मिश्रण एजाज अहमदको रहेको औँ सुकराज दुमीद्वारा छाँयाङ्कन गरिएको छ। उक्त म्युजिक भिडियो साङ्गे भुटियाले निर्देशन गरेको तथा शब्द, संगीत अनि स्वर मिराज लेप्चा स्वयम्को रहेको छ। उक्त गीत अनि म्युजिक भिडियो लोकार्पण समारोहलाई सम्बोधन गर्दै विशिष्ट अतिथि दल सिंह अकेलाले अब नेपाली सङ्गीतले विदेशबाट विदेशी सङ्गीतकारहरूबाट सङ्गीतको पैचो लिन पर्दैन। बरु विदेशलाई हामीले पैचो दिन सक्छौँ भनी बताए। तिनले हाम्रो नेपाली संगीत परिपक्व रहेको जनाउँदै यसको श्रेय उपस्थित सबै गायक, सङ्गीतकार, शब्दकारहरूलाई जाने बताए। अकेलाले यो म्युजिक भिडियो निकाल्न सक्षम बनेकोमा गायक मिराज लेप्चा लगायत तिनका परिवारजन तथा सम्पूर्ण टोलीलाई बधाई दिए। मुख्य अतिथि बसन्त छेत्रीले आज लोकार्पण गरिएको दुई किनाराको गीत खुबै उत्कृष्ट रहेको अनि मिराजको स्वरमा स्पष्टता रहेको तथा एजाज अहमदको संगीत मिश्रण पनि उत्तिकै उत्कृष्ट रहेको बताए। तिनले यो सफलताको निम्ति म्युजिक भिडियोका सम्पूर्ण टोलीलाई बधाई दिए औ भविष्यमा मिराजद्वारा अझ यस्ता गीतहरूको सृजना भइरहोस् भनी कामना पनि गरे।
गायक मिराज लेप्चाको दोस्रो म्युजिक भिडियो दुई किनाराको दार्जिलिङमा लोकार्पण

Share this story
More from Kurseong
Kurseongबाघडुग्रा विमानस्थलमा आइतबार नयाँ टर्मिनलको शिलान्यास गर्नेछन् प्रधानमन्त्रीले, सांसदले कार्यक्रम स्थलको गरे परिभ्रमण
सिलगढी, 19 अक्टोबर (निसं): प्रधानमन्त्री नरेन्द्र मोदीले भोली आइतबार बाघडुग्रा विमानस्थलको नयाँ टर्मिनलको शिलान्यास गर्ने भएका छन्। प्रधानमन्त्री यस शिलान्यास कार्यक्रममा भर्चुअल रूपमा उपस्थित रहनेछन्। नयाँ विमानस्थलको पुनःनिर्माणका लागि लगभग 1540 करोड रुपियाँ खर्च गरिनेछ। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल 70,400 वर्ग मिटरमा फैलिनेछ। यस विमानस्थलमा आधुनिक सबै सेवाहरू उपलब्ध हुनेछन्। सिलगढीको कावाखाली मैदानमा भोलि आइतबार यस कार्यक्रमको आयोजना गरिनेछ। त्यहाँ प्रधानमन्त्री…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
Kurseongहाम्रो पार्टी त्यागेर 16 घर भागोप्रमो-मा सामेल
दार्जिलिङ: दार्जिलिङ सदर 4 समष्टि अन्तर्गत वार्ड नम्बर 7-मा एउटा सभाबीच हाम्रो पार्टी त्यागेर 16 घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। भागोप्रमो सदर 4 समष्टि अध्यक्ष पारस छेत्री, वार्ड नम्बर 7-का पार्षद विष्णु मल्ल, समष्टि नारी शक्ति अध्यक्ष सोनाम शेर्पा, केन्द्रीय समिति सदस्य एसएन प्रधान लगायत अन्य पदाधिकारीहरूले ती 16 घर परिवारलाई दलील झण्डा प्रदान गरेर आफ्नो…
Kurseongखरसाङको 8 नम्बर वार्डमा भागोप्रमो-को वार्ड कमिटी गठन
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तत्वावधानमा वार्ड नम्बर आठमा सार्वजनिक भवनमा वार्ड कमिटी गठन गर्न हेतु सांगठनिक सभा सम्पन्न भयो। एको छ। उक्त सभाको अध्यक्षता वार्डका वरिष्ठ सदस्य पेमा योञ्जनले गरेका थिए भने वार्डका सांगठनिक संयोजक सुभाष राईले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम खरसाङ टाउन कमिटीका कार्यवाहक सचिवले टाउन कमिटीका नेत्तृत्वहरूसंग उपस्थित वार्डवासीहरुसंग परिचय गराए…
