घाइते छात्रले अस्पतालमै दिए उच्च माध्यमिक परीक्षा

कुचबिहार : उच्च माध्यमिक परीक्षाको दोस्रो दिन सड़क दुर्घटनामा घाइते भएका छात्रले अस्पतालमा नै आफ्नो परीक्षा दिए। उक्त घटना कुचबिहारको पुण्डीबारी थाना अन्तर्गत पर्ने बासदहा इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार घोकसदङ्गा हाई स्कुलका छात्र सुभदीप तालुकदार परीक्षा दिनको लागि टोटोमा सवार भएर परीक्षा केन्द्र आट पुकरी हाई स्कुलतर्फ गइरहेको समय टोटो अनियन्त्रित भएर पल्टिँदा तिनी गम्भीर रूपले घाइते भएको बताइएको छ। यसपछि तिनलाई कुचबिहार सरकारी मेडिकल कलेज एवम् अस्पतालमा पुर्याइयो भने आज अस्पतालमै तिनले परीक्षा दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *