गोजमुमो अध्यक्षद्वारा सुके मानेभञ्ज्याङको क्वारेन्टाइन सेन्टरहरूको परिभ्रमण

सुकेपोखरी गोजमुमो विनय खेमाद्वारा हाल जीटीए क्षेत्रको विभिन्न ठाउँहरूमा रहेको क्वारेन्टाइन सेन्टरहरूको परिभ्रमण गरिने कार्य दिनहुँ भइरहेको छ। यसको साथै क्वारेन्टाइन सेन्टरमा बस्नेहरूसित भलाकुसारी गर्नको साथै तिनीहरूलाई चाहिने आवश्यक सबै सर-सामनहरू पनि वितरण गर्दैआइरहेको देखिन्छ। यसै क्रममा आज सुके मानेभञ्ज्याङ समष्टिमा रहेको विभिन्न क्वारेन्टाइन सेन्टरहरूमा गोजमुमो अध्यक्ष विनय तामाङले परिभ्रमण गरे। यस अवसरमा तिनले ती क्वारेन्टाइन सेन्टरहरूमा बसेका मानिसहरूलाई मास्क तथा सेनिटाइजर वितरण गरे। यस अवसरमा तिनीसित समष्टि स्तरका पार्टीका अन्य नेताहरू पनि उपस्थित थिए।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *