गोर्खा चेली फुटबल टुर्नामेन्ट: नीता फुटबल अकादमी ओडिस्सा सेमी फाइनलमा प्रवेश

खरसाङ (निसं): खरसाङमा सम्पन्न भइरहेको दोस्रो गोर्खा चेली फुटबल टुर्नामेन्टमा नीता फुटबल एकाडेमी ओडिस्सा सेमी फाइनलमा प्रवेश गरेको छ। खरसाङ फुटबल एसोसिएसन अनि युवा मामिला विभाग, जीटीएको संयुक्त आयोजनामा सम्पन्न गोर्खा चेली फुटबल खेल आज निता फुटबल अकादमी ओडिस्सा बनाम गयेसपुर स्पोर्ट्स फुटबल अकादमी कोलकातामाझ खेलियो, जसमा ओडिस्साले जीएसएफए कोलकातालाई 3-1 गोलको अन्तरले पराजित गरेर सेमी फाइनलमा प्रवेश गरेको छ। विजय टोली एनएफए ओडिस्साको अब 16 फरवरीको दिन दोस्रो सेमी फाइनलमा भिडन्त सिक्किमसित हुनेछ। यसैगरी, 15 फरवरी पहिलो सेमिफाइनल देबान्जन गर्ल्स फुटबल अकादमी, कालेबुङ बनाम तामिलनाडु पुलिसमाझ खेलिने छ।


आजको उत्कृष्ट खेलाडी एनएफए ओडिस्साका प्रिया रुई दासलाई चयन गरियो। सन्त मेरिज ग्राम पञ्चायतकी उप प्रधान प्रशंसा लेप्चाको बाहुलीबाट तिनलाई पारितोषिक प्रदान गरियो। आजको खेलमा अतिथिहरु खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधान, कर्माध्यक्ष भक्तिमान तामाङ, घैयाबारी ग्राम पञ्चायत समिति सदस्या कुसुम तामाङ, सन्त मेरिज ग्राम पञ्चायतबाट प्रशंसा लेप्चा, रेस्मा दियाली, सारदा सिंह, अधिवक्ता साथै केएफए-का कानुनी सल्लाहकार सपना राई आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *