सिलगढी (निसं): पञ्चायत चुनाउ हुन अब केवल दुई-तीन दिन मात्र बाँकी रहेको छ। यसैले चुनाउ भन्दा अघि सबै राजनीतिक पार्टीका नेताहरूले दिन-रात आ-आफ्नो पार्टीका उम्मेदवारहरूको पक्षमा चुनाउ प्रचार जोडतोडले गरिरहेका छन्। यसैबीच, आज सिलगढीका मेयर तथा तृणमूल नेता गौतम देवले फूलबारी 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत पोराझार इलाकामा तृणमूल काङ्ग्रेस उम्मेदवारहरूको समर्थनमा चुनाउ प्रचार गरे। प्राप्त जानकारी अनुसार, आज गौतम देवले पार्टीका उम्मेदवारहरूको साथमा विभिन्न इलाकामा गएर चुनाउ प्रचार गरे। यसको सातै तिनले स्तानीय मानिसहरूका विविध समस्याबारे पनि सुने। यसपछि मेयर गौतम देवले भने, इलाकामा जे-जति समस्याहरू छ, नयाँ पञ्चायत गठन भएपछि त्यसको समाधान गर्नेछौ। विशेष गरेर इलाकामा पानीको समस्या छ अनि आकाशको पानी परेपछि जल जमिने समस्या रहेको गाउँलेहरूले गुनासो पोखेपछि मेयरले भने, यसको पनि समस्या समाधान गर्नेछौ।