जीटीए इलाकाको प्राथमिक पाठशालाहरूमा ‘बुक डे’ पालन

दार्जिलिङ (निसं): जीटीए इलाकामा रहेको प्राथमिक पाठशालाहरूमा आज ‘बुक डे’ पालन गरियो। आज प्राथमिक शिक्षा प्रभारी साथै डेपुटी चेयरमेन राजेश चौहानले खरसाङ सर्कल अन्तर्गत जोत्सनामाया प्राथमिक पाठशाला अनि सुकुना वन बस्ती प्राथमिक पाठशालामा बुक डे पालन गरे भने दार्जिलिङ जिल्ला पाठशाला परिषदका अध्यक्ष तिलकचन्द्र रोकाले मङपु सर्कल अन्तर्गत रोलक प्राथमिक पाठशालामा पालन गरे। यसपल्टको बुक डे-मा प्रथमपल्ट स्थानीय पञ्चायत समिति अनि ग्राम पञ्चायतका सद्स्यहरूको पनि सम्बन्धित प्राथमिक पाठशालाहरुमा सहभागी रहेको थियो। दागोपापदेखि पहिलो गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनसम्म आएपछि पहिलोपल्ट प्राथमिक पाठशालाका शिशुहरुको निम्ति गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागले नि:शुल्क पाठ्य पुस्तक, नि:शुल्क स्कुल डाइरी वितरण गरेको प्राथमिक शिक्षा प्रभारी राजेश चौहानले बताए। पत्रकारहरुलाइ सम्बोधन गर्दै राजेश चौहानले यस स्कुल डाइरीले विद्यार्थीहरू, शिक्षक-शिक्षिकावर्ग अनि अभिभावकवर्ग माझ एउटा साघुको काम गर्नेछ भन्दै जसमा नानीहरुको पूर्ण विवरण, वर्षभरिको बिदाको सूची, पाठशालाले वर्षभरी पालन गर्नुपर्ने दिवस, जयन्ती आदि पनि उल्लेख रहेको छ। पाठशालाको साधारण नियम अनि कानुनहरुलाई पनि डायरीमा समावेश गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibomjojobet girişHOLİGANBETjojobetCasibomCasibom Girişcasibomjojobet girişjojobetholiganbet girişCasibomizmir escortholiganbet girişcasibom girişCasibomjojobetcasibomcasibomcasibom giriş