जीटीए स्तरीय क्रिकेट टुर्नामेन्टको क्वार्टर फाइनल: मिरिक र ग्लेनेरिस दार्जिलिङ विजयी

खरसाङ (निसं) : तीनधारेको मिठाई डाँडा खेल मैदानमा सम्पन्न भइरहेको जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आजदेखि क्वार्टर फाइनल खेल शुरू भएको छ। आज भएको पहिलो क्वार्टर फाइनल खेल मिरिक बनाम गैरी गाउँ तीनधारेमाझ सम्पन्न भयो। यस खेलमा मिरिकले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा पाँच विकेट गुमाएर 183 रन बनाएको थियो। मिरिकको पक्षमा रोहण गुरुङले सर्वाधिक 55 रन र रितेस छेत्रीले 46 रन बनाएका थिए। यसैगरी, गैरी गाउँ तीनधारेले निर्धारित 15 ओभरमा 6 विकेट गुमाएर 131 रन बनाएको थियो। गैरी गाउँको पक्षमा दिवसले सर्वाधिक 34 रन बनाएका थिए भने मिरिकका खेलाडी राज तामाङले 3 विकेट लिएका थिए। यस खेलमा मिरिकका रोहण गुरुङलाई म्यान अफ् द म्याच चयन गरियो। यसैगरी दोस्रो क्वार्टर फाइनल खेलमा लिङ्कन क्लब सिपाहीधुराले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकोले ग्लेनेरिस दार्जिलिङले पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा सात विकेट गुमाएर 105 रन मात्र बनाएको थियो।

दार्जिलिङको पक्षबाट सञ्जय प्रधानले सर्वाधिक 34 रन बनाएका थिए। यस टुर्नामेन्टको सबैभन्दा कम्ती स्कोरलाई खेदो गर्दै लिङ्कन क्लब सिपाहीधुराले 15 ओभरमा 8 विकेट गुमाएर केवल 96 रन मात्र बनाएपछि दार्जिलिङले 9 रनले खेल जित्न सफल बन्यो। यस खेलमा दार्जिलिङका सञ्जय प्रधानलाई म्यान अफ् द म्याच चयन गरियो। आजको खेलमा अतिथिको रूपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत समिति सदस्य साजन दर्जी उपस्थित थिए। अब भोलि सम्पन्न हुने दुईवटा क्वार्टर फाइनल खेल सिमलबारी बनाम राजीव ईलेभेनमाझ अनि अर्को खेल युवराज ईलेभेन बनाम सोनादामाझ सम्पन्न हुने भएको छ। आजको क्वार्टर फाइनल खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै नवज्योति संघको पक्षबाट रञ्जित थापाले विस्तृत रूपमा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusadssajokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinopusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetpusulabetkazandraavvabet girişavvabetavvabetjojobetcasibommariobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetgrandpashabet girişcasibomgrandpashabet girişcasibomgrandpashabetgrandpashabet güncel girişcasinowongrandpashabettambetmercurecasinocasinowoncasinowoncasinomilyoncasinomilyon girişgameofbetgameofbet girişromabetromabet girişcasibom Built with ❤︎ by appycodes