हनुमान मन्दिर निर्माणको भूमि पूजा

नगरकाटा: नगरकाटा राष्ट्रीय राजमार्ग 31-को पञ्चमुखी हनुमान मन्दिर निर्माणको लागि आज भूमिको शुद्धिकरण गरियो। मन्दिर निर्माण कमिटीको तर्फबाट आज बौद्ध धर्म गुरुद्वारा पूजा अर्चना गर्नको साथै भूमि पूजा गरियो। स्मरण रहोस, ग्रासमोड़ चार नम्बर फाटकमा हाल लगातार धेरैवटा वाहन दुर्घटना भइसकेकोले गर्दा नै मानिसहरूले यसको रोकथाम गर्ने उद्देश्य लिएर यहाँ एउटा पञ्चमुखी हनुमान मन्दिर निर्माण गरिने भएको छ। मन्दिर निर्माण भएपछि यहाँ दुर्घटनाहरू कम्ती हुने सम्भावना व्यक्त गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *