हाँसीमारा राष्ट्रीय राजमार्गमा वाहनले धक्का दिँदा युवकको मृत्यु

अलीपुरद्वार, 23 अगस्त (निस): राष्ट्रीय राजमार्गमा वाहनले धक्का दिँदा एकजना युवकको मृत्यु भएको छ। यो घटना अलीपुरद्वार जिल्लाको कालचिनी ब्लक अन्तर्गत हाँसीमाराको गुरुद्वारा इलाकामा घटेको हो। मृतकको नाम कमल दास हो। तिनी कालचिनी ब्लकको मध्य सताली इलाका निवासी थिए। प्राप्त जानकारी अनुसार युवक बिहिबार राति नागराकाटाबाट हाँसीमारा स्टेशनमा उत्रिएर राष्ट्रीय राजमार्ग हुँदै आफ्नो घर फर्कीरहेका थिए। यस अवधिमा नै एउटा वाहनले तिनलाई धक्का दिएपछि चम्पट कस्यो। उक्त घटनामा युवकको घटनास्थलमा नै मृत्यु भयो। अर्कोतिर, घटनाको खबर पाएपछि हाँसीमारा आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर युवकलाई उद्धार गरेर कालचिनीको लताबाडी ग्रामीण अस्पतालमा लगे। शवलाई आज शुक्रबार पोस्टमार्टमको लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पठाइ दिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet