नक्सलबारी, 15 नोभेम्बर (निसं): हात्तीको आक्रमणमा दुई दाजु- भाइहरूको मृत्यु भएपछि विधायक आनन्दमय बर्मनले नक्सलबारीको हातीघिसास्थित मौरीजोतमा पुगेर आज मृतकका परिवारजनसँग भेट गरे। विधायकले मृतकका परिजनसँग भेटेर उनीहरूका दुखमा सहभागी हुने र साथ रहने वचन दिए। यसको साथै विधायकले मृतक परिवारलाई आर्थिक सहायता पनि प्रदान गरे।
यस अवसरमा विधायक आनन्दमय बर्मनले भने, “यो एकदमै दु:खद घटना हो। हामी परिवारको साथमा छौं, उनीहरूको पीडामा सहभागी छौं।” स्मरण रहोस, नक्सलबारीको हात्तीघिसा मौरी जोतमा बाईकमा सवार भएर घर फर्कीरहेको समय बुधबार राति हात्तीको हमलामा परेर दुई जना दाजु-भाइ सञ्जय उराव र अजय उरावले प्राण गुमाएका छन्।