हिल तृणमूलद्वारा मिरिकको पैह्रो क्षेत्रहरूको परिभ्रमण

मिरिक : हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईको निर्देशमा आज हिल तृणमूल कङ्ग्रेस मिडिया प्रभारी सन्दीप प्रधानको नेतृत्वमा एउटा टोलीले पैह्रो प्रभावित गाउँ छोटाटिङलिङ र नोल डाँडाको भ्रमण गरेर स्थलगत वस्तुस्थिति बुझ्ने प्रयास गर्दै पार्टीगत रिपोर्ट तयार पारेको छ। स्मरण रहोस्, गत 27 जुलाईको राति परेको मुसलधारे पानीले छोटाटिङलिङको धेरैवटा घरहरू र बाटोहरू प्रभावित बनेपछि हालसम्म उक्त बाटोहरू खोलिएको छैन। चारैतिर बन्द रहेकोले गर्दा नोल डाँडा पनि सम्पूर्ण रूपमा प्रभावित बनेको छ। यस्तो परिस्थितिमा पनि हिल तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू आज लगभग दुई घण्टाको लामो बाटो हिँडेरै छोटाटिङलिङ आईपुगे।


निरीक्षणपछि मिडिया प्रभारी सन्दीप प्रधानले यहाँको सम्पूर्ण रिपोर्ट अध्यक्ष एलबी राईलाई बुझाउनको साथै विभागीय अधिकारीहरूलाई पनि दिने बताए। यसको साथै यथाशीघ्र पहलको लागि कार्य अघि बढाउने आश्वासन पनि दिएका छन्। तिनले यसभन्दा अघि पनि पैह्रोले भत्काएको सौरेनी इलाकाको भ्रमण गरेर सौरेनी समष्टि अन्तर्गत चारैतिर प्राकृतिक प्रकोपको कारण यहाँका मानिसहरू निक्कै प्रभावित भएको बताए। हिल तृणमूल कङ्ग्रेसले पैह्रो पीडितहरूको सहयोग र मार्गदर्शन जारी राखेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *