सिलगढी : रेलवे जल वितरण विभागका अस्थायी कर्मचारीहरूको विभिन्न मागलाई लिएर आज आईएनटीटीयुसी न्यु जलपाईगढी शाखाले आन्दोलन शुरू गरे। कोरोना महामारीले गर्दा देशभरि नै लकडाउन जारी रहेको थियो भने हाल परिस्थिति स्वाभाविक बनेपछि अनलक अवधि विभिन्न प्रतिष्ठानहरू खोलिए तापनि रेलवे परिसेवा बन्द रहेको छ। रेलवे परिसेवा बन्द रहेकोले गर्दा रेलवे जल वितरण विभागका अस्थायी कर्मचारीहरू समस्यामा परेका छन्। संगठनका सदस्यले बताएअनुसार रेल परिसेवा बन्द रहेकोले गर्दा हाल धेरैजसो कर्मचारीहरू बेरोजगार हुनको साथै बकाया रुपियाँ समेत पाएका छैनन्। यसैले बकाया रुपियाँ चाँडै प्रदान गरिनुपर्ने साथै तिनीहरूलाई पुनः कार्यमा नियुक्त गरिनुपर्ने माग गर्दै आईएनटीटीयुसी न्यु जलपाईगढी शाखाले आज रेलवे विभागका एडीआरएमसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। संगठनका अध्यक्ष प्रसनजीत रायको नेतृत्वमा उक्त विक्षोभ आन्दोलन गरेको बताइएको छ।
आईएनटीटीयुसी-द्वारा रेलवे जल वितरण विभागका अस्थायी कर्मचारीहरूको मागलाई लिएर ज्ञापन

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
