इस्लामपुरमा चलिरहेको लरीमा आगलागी, खलासीको मृत्यु

इस्लामपुर : इस्लामपुरको राजमार्ग 31-मा एउटा लरीमा अचानक आगो लाग्दा खलासीको मृत्यु भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार उक्त लरी सिलगढीतर्फ गइरहेको समय इस्लामपुरको राजमार्ग 31-मा लरीमा अचानक आगो लागेको बताइएको छ। चालक तत्कालै लरीबाट बाहिर निस्के तापनि खलासी सुतिरहेको कारण आगोको चपेटमा परेर तिनको मृत्यु भएको थाहा लागेको छ। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो। इस्लामपुर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर इस्लामपुर महकुमा अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *