अलिपुरद्वार (निसं): अलिपुरद्वार जिल्लाको जयगाउँ चाइनिस लाइन इलाकाको भूटान गेट 3 वर्षपछि खोलिदिएको छ। भूटानी प्रशासनको तर्फबाट आज बिहान 11 बजी चाइनिस भूटान गेट खोलिदिएको छ। यस अवसरमा भूटानको फुन्सेलिङका एसडीओ कर्मा जिग्मी, जयगाउँ एसएसबीको 53औँ बटालियनका सहायक कमान्डेन्ट र एसएसबी जवानहरू उपस्थित थिए। यसबाहेक जयगाउँ इलाकाका प्रधान, जिल्ला परिषदका सदस्य सहित स्थानीय मानिसहरू उपस्थित थिए। भूटानमा काम गर्ने श्रमिकहरू चाइनिज लाइन भूटान गेटबाट पैदल यात्रा गर्न सक्नेछ। भूटानको वर्क परमिट भएकाहरूलाई मात्र यहाँ प्रवेश गर्ने अनुमति दिइनेछ। यस भूटान गेटअघि एसएसबीको चेक पोस्ट बनाइएको छ भने यस गेटमा एसएसबीका जवान निगरानी राख्नेछन्। स्मरण रहोस्, कोरोना कालमा लकडाउन अवधि चाइनिज लाइन भूटान गेट बन्द गरिदिएको थियो। तबदेखि जयगाउँको सबै दोकानहरू बन्द थियो। तथापि, गत सेप्टेम्बरमा भूटानको मुख्य गेट खोलिदिए तापनि चाइनिस गेट बन्द रहेको थियो। यसले गर्दा इलाकामा एक प्रकारले लकडाउन नै थियो। आज चाइनिस गेट खुलेपछि इलाकावासीमा खुशीको लहर छाएको छ। अब स्थिति बिस्तारै-बिस्तारै सामान्य हुने इलाकावासीले आशा साँचेका छन्।
जयगाउँ चाइनिस लाइन गेट 3 वर्षपछि खोलियो, इलाकावासीमा खुशीको लहर

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
