जयगाउँमा नाका चेकिङ अवधि 8 लाख 96 हजार रुपियाँ वाहनबाट उद्धार

जयगाउँ : भारत भुटान सीमा संलग्न सहर जयगाउँमा पुलिसले एउटा वाहनबाट धेरै मात्रा रुपियाँ उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार जयगाउँ थाना पुलिसले नाका चेकिङ अवधि एउटा सानो वाहनलाई रोकेर छानबीन गर्दा 8 लाख 96 हजार रुपियाँ उद्धार गरेको छ भने उक्त रुपियाँको कुनै वैध कागजपत्र नरहेको बताइएको छ। पुलिसले जफत गरेको रुपियाँ अलिपुरद्वार ट्रेजरीम पठाएको छ।


स्मरण रहोस्, चुनाउ आचार संहिता लागू भएपछि कसैले पनि आफूसित नगद 50 हजार रुपियाँभन्दा अधिक रुपियाँ लिएर हिँड्न नपाउने चुनाउ आयोगको निर्देश रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *