जयगाउँमा निःशुल्क स्वास्थ्य जाँच शिविर

जयगाउँ: जयगाउँ भानुभक्त समाजको आयोजनामा अलीपुरद्वार जिल्ला अस्पतालको सहयोगमा आज कालचिनी ब्लकको जयगाउँमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरियो। यस अवधि अलीपुरद्वार जिल्ला अस्पताल तथा लताबाड़ी ग्रामीण अस्पतालका चिकित्सकहरू उपस्थित थिए। शिविरमा धेरै संख्यामा उपस्थित मानिसहरूले आ-अफ्नो स्वास्थ्य जाँच गराएपछि तिनीहरूलाई निःशुल्क दवाई पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *