जलपाईगढी कोभिड अस्पतालबाट स्वस्थ भएर 30 जना फर्किए घर

जलपाईगढी : 10 दिनसम्म चलेको उपचारपछि अन्तमा कोरोनाको संक्रमण पराजित गरेर स्वस्थ भएपछि जलपाईगढीको कोभिड अस्पतालबाट आज 30 जना मानिसहरू घर फर्किए। घर फर्कनअघि तिनीहरूलाई कोभिड अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरूले सम्मान जनाउँदै खुशी व्यक्त गरे। ती स्वस्थ भएर घर फर्किनेहरूमा अधिकजसो डुवर्स क्षेत्रका निवासीहरू हुन्। कोरोनाको संक्रमणबाट आफूहरूलाई उचित चिकित्सा तथा हेरचाह गरिदिएकोमा कृतज्ञता प्रकट गर्दै जलपाईगढी कोभिड अस्पतालका सबै डाक्टर तथा स्वास्थ्य कर्मीहरूलाई पनि तिनीहरूले धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *