जलपाईगढीमा आग्नेयास्त्रसहित 5 पक्राउ

जलपाईगढी : जलपाईगढी कोतवाली थाना पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर आग्नेयास्त्रसहित 5 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू जलपाईगढी र हल्दीबारी इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार हिजो अबेर राति केही दुष्कृतिहरू जलपाईगढीको दिनबजार इलाकामा भेला भएको खबर पाएपछि पुलिसले दिनबजारको तिनकुनिया मोड़ इलाकामा अभियान चलाएर 5 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


ती व्यक्तिहरूबाट पुलिसले एउटा पाइप गन, एउटा जिउँदो कार्तुस, धारिलो हतियार, फलामको रड र चोरी गरेको मोबाइल फोन उद्धार गरेको छ। जलपाईगढीको अतिरिक्त पुलिस अधीक्षक श्रीकान्त जगन्नाथ एलवर्डले बताएअनुसार पक्रा परेकाहरू सबै कुनै ठुलो आपराधिक घटनालाई अन्जाम दिने उद्देश्य लिएर दिनबजार इलाकामा भेला भएका थिए। आज सबै आरोपीहरूलाई जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *