जलपाईगढ़ीमा बन्दको मिश्रित प्रभाव

जलपाईगढी: बन्द समर्थकहरूले जलपाईगढी जिल्ला अदालतका न्यायाधीश तथा अधिवक्ताहरूलाई आज अदालतमा प्रवेश गर्न नदिँदा तिनीहरूमाझ विवाद शुरू भयो। घटनाको खबर पाएर विशाल पुलिस बल घटनास्थलमा पुगेर बन्द समर्थकहरूलाई सम्झाई-बुझाई परिस्थितिलाई नियन्त्रणमा ल्याएको बताइएको छ। यसपछि न्यायाधीश तथा अधिवक्ताहरूले अदालतमा प्रवेश गरे। अर्कोतिर, जलपाईगढीमा बन्दको मिश्रित असर देखापर्यो। यहाँ केही दोकानपाटहरू खुल्लै थियो भने केही दोकानपाटहरू बन्द रहेको देखियो। यहाँको सडकमा सरकारी बसहरू चलाचल भए तापनि यात्रीहरूको संख्या आज कम्ती देखियो। बन्द अवधि कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर ठाउँ-ठाउँमा पुलिस बल तैनाथ गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *