जमिनबारे पारिवारिक विवाद हुँदा बाबुद्वारा छोराको हत्या

राजगञ्ज : जमिनलाई लिएर पारिवारिक विवाद हुँदा बाबुद्वारा छोराको हत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना राजगञ्ज ब्लकको गजलडोब संलग्न मिलनपल्लीको दुधिया गाउँमा घटेको हो। मृतक युवकको नाम विलास मण्डल (32) बताइएको छ। उक्त घटनामा मिलनपल्ली आउटपोस्ट पुलिसले आरोपी बाबु बासुदेव मण्डल (60), सौतेली आमा लगायत मोठ 5 जनलाई हिरासतमा लिएको छ। प्राप्त जानकारी अनुसार केही दिन अघि पारिवारिक जमिनलाई लिएर विवाद चलिरहेको थियो भने हिजो बाबु बासुदेवले छोरालाई धारिलो हतियारले प्रहार गर्दा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। गम्भीर घाइते अवस्थालाई छोरालाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँ कार्यरत चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटनामा आरोपी बाबु, सौतेली आमा लगायत 5 जनालाई पुलिसले हिरासतमा लिएको छ। उक्त घटनाले इलाकामा सनसनी मच्चियो। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom