जमिन दखलमुक्त गर्न रेलवे विभागद्वारा उच्छेद अभियान

सिलगढी : रेलवे विभागले आज एनजेपी नर्थ कोलनीमा उच्छेद अभियान चलाएर रेलवेको जमिन दखलमुक्त गर्यो। प्राप्त जानकारीअनुसार एनजेपी संलग्न रेलवेको खाली जमिन दखल गरेर केही व्यवसायीहरूले दीर्घदिनदेखि व्यापार गर्दै आइरहेको आरोप रहेको छ। रेलवे विभागको तर्फबाट जमिन दखल गरेर व्यवसाय चलाइरहेका व्यापारीलाई उच्छेद गरे तापनि केही व्यापारीहरूले हालसम्म व्यापार चलाइरहेको बताइएको छ। यसै क्रममा रेलवेको जमिन दखल गरेर व्यापार चलाइरहेको सुमित मजुमदार नामक एकजना डेकोरेटर व्यवसायीविरुद्ध अभियोग उठेको छ। अभियोगको आधारमा आज रेलवे विभागको तर्फबाट एनजेपी नर्थ कोलनीमा उच्छेद अभियान चलाएर रेलवेको जमिन दखलमुक्त गरिएको बताइएको छ। रेलवे विभाग सूत्रले दिएको जानकारीअनुसार आगामी दिनमा पनि यस प्रकारको अभियान चलाएर रेलवेको जमिन दखलमुक्त गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *