सिलगढी : सिलगढीको ट्राफिक जामको समस्या समाधान गर्न सिलगढी जलपाईगढी विकास बोर्डले पहल गरेको छ। जामको समस्याबाट मुक्ति पाउनको लागि विकल्प नयाँ सडकको निर्माण गरिने भएको छ। एसजेडीए चेयरम्यान सौरभ चक्रवर्ती र सिलगढीका मेयर गौतम देवले आज पीडब्ल्युडी निरीक्षण बङ्ग्लामा एउटा बैठक गरे। उक्त बैठकमा दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, एसजेडीए बोर्डका सदस्य गौतम गोस्वामी, रञ्जनशील शर्मा, परिमल मित्र, रामभजन महतो लगायत अन्य उपस्थित थिए। ट्राफिक जाम सिलगढी सहरको मुख्य समस्या बनेको छ। यसैले जामबाट छुटकारा पाउने उद्देश्य लिएर सिलगढी जलपाईगढी विकास पर्षदले नयाँ सडक निर्माण गर्ने योजना बनाएको छ। सिलगढीको जलपाईमोड संलग्न इलाकाबाट नयाँ सडक निर्माण गरिने भएको छ। उक्त सडक चौरङ्गी मोड भएर मतिगढा हाटमा पुगेर समाप्त हुनेछ। यसको साथै जामको समस्याबाट मुक्त पाउने उद्देश्यले परिवहन नगरको ट्रक टर्मिनसलाई घोषपुकुरमा सारिने भएको छ। परिवहन नगरमा एउटा बस स्ट्यान्ड बनाइनेछ। यस अवसरमा चेयरम्यान सौरभ चक्रवर्तीले भने, चाँडै नै उक्त परियोजनाको कार्य शुरू हुनेछ। सडक निर्माण भएपछि साधारण मानिसहरूले जामको समस्याबाट छुट्कारा पाउनेछन्।
जामको समस्या समाधान गर्न विकल्प सडक निर्माण गरिने

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
