जङ्गल भित्रबाट महिला सिभिक भोलेन्टियरको शव उद्धार

अलिपुरद्वार: जङ्गल भित्रबाट एकजना महिला सिभिक भोलेन्टियरको शव उद्धार भएको छ। उक्त घटनाले आज अलिपुरद्वार जिल्लाको मदारीहाट इलाकामा सनसनी मच्चियो। मृतक महिलाको नाम अनिशा किनभो बताइएको छ। तिनी मदारीहाटको गेरगेन्डा चियाकमान निवासी हुन् भने मदारीहाट थानामा सिभिक भोलेन्टियरको रूपमा कार्यरत थिइन्। मृतकको परिवारका सदस्यहरूले बताएअनुसार गत मंगलबार अनिशा फोनमा कुरा गर्दा गर्दै घरबाट बाहिर निस्केकी थिइन्। यसपछि तिनको कुनै पत्तो लागेको थिएन। गत बुधबार मदारीहाट थाना पुलिसले लङ्कापाडा इलाकाको एउटा जङ्गलबाट झुन्डिएको अवस्थामा तिनको शव उद्धार गरेको बताइएको छ। आज मृतक सिभिक भोलेन्टियरको शव पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *