जन्माष्टमीको उपलक्ष्यमा राजगञ्जमा दही-हाँडी प्रतियोगिताको आयोजना

राजगञ्ज : श्रीकृष्ण जन्मअष्टमीको उपलक्ष्यमा आज राजगञ्जको पाघालुपाडा इलाकामा दही-हाँडी प्रतियोगिताको आयोजना गरियो। राजवंशी कृष्टिको सञ्चालनमा पघालुपाड़ाको कचुमोड़मा आयोजना गरिएको दही-हाँडी प्रतियोगितामा राजगञ्ज ब्लकको विभिन्न ठाउँहरूबाट केही टोलीहरूले अंश ग्रहण गरेका थिए। उक्त प्रतियोगिताको विजेता टोलीलाई पुरस्कृत पनि गरियो।


कमिटीका सदस्य भक्त रायले बताएअनुसार श्रीकृष्ण जन्मअष्टमीको उपलक्ष्यमा आफ्ना पूर्खाहरूले यस खेलको सञ्चालन गर्दथे। हाल दही-हाँडी प्रतियोगिता मात्र नभएर राजवंशी समुदायको केही संस्कृतिहरू पनि लुप्त हुँदै गइरहेको छ। यसैले आफ्नो संस्कृति बचाइ राख्ने उद्देश्य लिएर नयाँ पिँढ़ीले लगभग 15 वर्षदेखि श्रीकृष्ण जन्मअष्टमीको उपलक्ष्यमा दही-हाँडी प्रतियोगिताको आयोजना गर्दै आइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *