झुण्डिएको अवस्थामा उकील राजु छेत्रीको शव उद्धार

सिलगढी : सरकारी आवासबाट एकजना उकीलको झुण्डिरहेको अवस्थामा शव उद्धार भएको छ। मृतक वकील 27 वर्षीय राजु छेत्रीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार वकील राजु छेत्री सिलगढीको बाबुपाडास्थित सरकारी आवासमा बस्दै आइरहेका थिए। एक वर्षअघि तिनको बिहे भएको बताइएको छ। आज बिहान राजुको सहकर्मीले धेरैपल्ट फोन गर्दा पनि तिनले फोन नउठाएपछि सन्देह लागेर राजुको घरमा आउँदा तिनले झुण्डिरहेको अवस्थामा राजुको शव देखेपछि यसबारे सिलगढी थानालाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *