खरसाङ (निसं): खरसाङका स्रष्टा जय प्रकाश लामाकृत कथा संग्रह ‘विस्मृतिमा- केही कथा, केही अकथा‘ माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। खरसाङको ब्लुमफिल्ड महकुमा पुस्ताकालय भवनमा सम्पन्न कार्यक्रमको अध्यक्षता असीत राई स्मृति साहित्यिक मञ्चका अध्यक्ष ऋषि राईले गरेका थिए भने सञ्चालन कवि दिल थापाले गरेका थिए। कार्यक्रममा स्वागत वक्तव्य राख्दै मञ्चका सचिव दिपक ठटालले असित राई स्मृति साहित्यिक मञ्च गठन गर्नुको उद्देश्य, असीत राई साहित्यिक मञ्चले अहिलेसम्म गरेका कार्यहरू अनि असीत राई स्मृति ग्रन्थ प्रकाशनको लागि भएको अहिलेसम्मको प्रगतिको बारेमा बताए। मासिक साहित्यिक प्रकरणको आरम्भ अध्यक्ष ऋषि राई अनि कार्यक्रमकी प्रमुख अतिथि साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामाको बाहुलीबाट केक काटेर गरियो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा समाजसेवी टीटी लामा, गोर्खा जनपुस्तकालयका अध्यक्ष पूर्ण गुरुङ ‘निरुपम‘ उपस्थित थिए। मासिक साहित्यिक प्रकरण अन्तर्गत कवियत्री रचिता छेत्री अनि कवि उदय दुमीले स्वरचित कविता वाचन गरेका थिए। साहित्यकार जय प्रकाश लामाको कथा संग्रह ‘विस्मृतिमा – केही कथा, केही अकथा‘ माथि अन्तरक्रिया सम्पन्न भयो। कार्यक्रममा विशिष्ट अतिथि तथा नाटककार पूर्ण गुरुङ निरुपम, कार्यक्रम अध्यक्ष तथा साहित्यकार ऋषि राई, कवि तथा गोजपुका सचिव विनोद रसाइली, साहित्यकार देवराज मुखिया, व्यङ्ग्यकार सुदर्शन अम्बटेले अंश ग्रहण गरेका थिए। यस कार्यक्रमलाई रचना राई अनाकारले सञ्चालन गरेकी थिइन्। अन्तरक्रियापछि सबै सहभागीहरूले नेपाली साहित्यमा कथा लेखनको नयाँ परिपाटी शुरू भएको ठहर गर्दै यस कथा संग्रहलाई एउटा उत्कृष्ट कथा संग्रहको रूपमा लिन सकिने बताए। अन्तरक्रियामा सहभागीहरूले जयप्रकाश लामाबाट यस प्रकारको सृजन आगामी दिनमा पनि अपेक्षा गरिएको बताए। कथाकार जय प्रकाश लामाले आफ्नो कथामा समाहित विषय वस्तु र कथाकारितालाई प्रस्ट्याउँदै सहभागीहरूले विविध पक्षको बारेमा सोधेका प्रश्नको उत्तर दिएका थिए। यस कार्यक्रममा आफ्नो वक्तव्य राख्दै प्रमुख अतिथि आशा मुखिया लामाले भनिन्, साहित्यिक कार्यक्रमहरूमा जसलाई रुची हुन्छ उनी जसरी भए पनि आउँछन् तर जसलाई रुची नै हुँदैन उसलाई जति नै बोलाए पनि आउँदैनन्। साहित्य अकादमीका महत सदस्य असीत राईको विषयमा अझ धेरै काम गर्नुपर्छ भन्ने लागेको छ भनी बताइन्। तिनले असीत राई स्मृति साहित्यिक मञ्चको स्थापना एउटा ऐतिहासिक काम भएको बताउँदै असीत राई स्मृति साहित्यिक मञ्चले प्रकाशन गर्न लागेको असीत राई स्मृति ग्रन्थ समयमा प्रकाशित हुने कुरोमा विश्वास प्रकट गरिन्। तिनले खरसाङमा धेरै वरिष्ठ र सशक्त हस्ताक्षरहरूलाई पनि मञ्चले स्मृति ग्रन्थ प्रकाशन गर्दैछ भने तिनीहरूलाई पनि सुयोग प्रदान गरिनुपर्छ भनी बताइन्। कार्यक्रममा विशिष्ट अतिथि टीटी लामा लगायत अन्यले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा कथाकार जयप्रकाश लामालाई कार्यक्रम अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि अनि उपस्थित साहित्यकार, कवि, साहित्यानुरागीहरूले खदा लगाएर सम्मान जनाएका थिए। कार्यक्रममा आफ्नो अध्यक्षीय सम्भाषणमा ऋषि राईले अध्यक्षीय सम्बोधन राखेका थिए। कार्यक्रममा कवि उमेद गोलेले धन्यवाद ज्ञापन राखे।
जय प्रकाश लामाकृत कथा संग्रह ‘विस्मृतिमा- केही कथा, केही अकथा’-माथि अन्तरक्रिया कार्यक्रम

Share this story
More from Kurseong
Kurseongबाघडुग्रा विमानस्थलमा आइतबार नयाँ टर्मिनलको शिलान्यास गर्नेछन् प्रधानमन्त्रीले, सांसदले कार्यक्रम स्थलको गरे परिभ्रमण
सिलगढी, 19 अक्टोबर (निसं): प्रधानमन्त्री नरेन्द्र मोदीले भोली आइतबार बाघडुग्रा विमानस्थलको नयाँ टर्मिनलको शिलान्यास गर्ने भएका छन्। प्रधानमन्त्री यस शिलान्यास कार्यक्रममा भर्चुअल रूपमा उपस्थित रहनेछन्। नयाँ विमानस्थलको पुनःनिर्माणका लागि लगभग 1540 करोड रुपियाँ खर्च गरिनेछ। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल 70,400 वर्ग मिटरमा फैलिनेछ। यस विमानस्थलमा आधुनिक सबै सेवाहरू उपलब्ध हुनेछन्। सिलगढीको कावाखाली मैदानमा भोलि आइतबार यस कार्यक्रमको आयोजना गरिनेछ। त्यहाँ प्रधानमन्त्री…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
Kurseongहाम्रो पार्टी त्यागेर 16 घर भागोप्रमो-मा सामेल
दार्जिलिङ: दार्जिलिङ सदर 4 समष्टि अन्तर्गत वार्ड नम्बर 7-मा एउटा सभाबीच हाम्रो पार्टी त्यागेर 16 घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। भागोप्रमो सदर 4 समष्टि अध्यक्ष पारस छेत्री, वार्ड नम्बर 7-का पार्षद विष्णु मल्ल, समष्टि नारी शक्ति अध्यक्ष सोनाम शेर्पा, केन्द्रीय समिति सदस्य एसएन प्रधान लगायत अन्य पदाधिकारीहरूले ती 16 घर परिवारलाई दलील झण्डा प्रदान गरेर आफ्नो…
Kurseongखरसाङको 8 नम्बर वार्डमा भागोप्रमो-को वार्ड कमिटी गठन
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तत्वावधानमा वार्ड नम्बर आठमा सार्वजनिक भवनमा वार्ड कमिटी गठन गर्न हेतु सांगठनिक सभा सम्पन्न भयो। एको छ। उक्त सभाको अध्यक्षता वार्डका वरिष्ठ सदस्य पेमा योञ्जनले गरेका थिए भने वार्डका सांगठनिक संयोजक सुभाष राईले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम खरसाङ टाउन कमिटीका कार्यवाहक सचिवले टाउन कमिटीका नेत्तृत्वहरूसंग उपस्थित वार्डवासीहरुसंग परिचय गराए…
