जुवाको अड्डामा पुलिसको अभियान, 14 जना पक्राउ

सिलगढी : एनजेपी थानादेखि केही पर जुवाको अड्डामा आज बिहान एनजेपी थाना पुलिसले सादा पोसाकमा अभियान चलाएर केही जुवाडेहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार एनजेपी थानाको ठिक विपरीत शान्तिपाडा रेलवेको अन्डरपास नजिक विभिन्न ठाउँबाट जुवाडेहरू आएर जुवा खेल्ने गर्दथे। एनजेपी थाना पुलिसले आज बिहान उक्त जुवाको अड्डामा अभियान चलाएर 7 जना जुवाडेलाई पक्राउ गरेको बताइएको छ। यसपछि पुलिसले फेरि एनजेपीको नेताजी मोडमा जुवाको अड्डामा अभियान चलाएर अझ 7 जना जुवाडेलाई पक्राउ गरेको छ। पुलिसले जुवाको अड्डाबाट केही नगद राशि, मोबाइल, एउटा स्कुटर लगायत अन्य सामग्रीहरू उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *