कालचिनी ब्लकको मेचपाडा चिया बगान खोलियो, श्रमिकहरूमा खुशी

अलिपुरद्वार, 23 जनवरी (निसं): अन्तत: अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकको बन्द अवस्थामा रहेको मेचपाडा चिया बगान आजदेखि खोलियो। आज बिहान कमानका श्रमिकहरू काममा गए। प्राप्त जानकारी अनुसार, गत 9 जनवरीको दिन मेचपाडा चिया बगान व्यवस्थापकले बन्द गरेको थियो। त्यसपछि मंगलवार श्रम विभागले त्रिपक्षीय बैठक आयोजना गर्योक। उक्त बैठकमा मेचपाडा चिया बगान खोल्ने निर्णय गरिए अनुसार आज बिहानदेखि बगान खोलिएको छ। यता, बगान खोलिए पछि श्रमिकहरूको अनुहारमा खुशी देखा परेको छ। हाल मुख्यमन्त्रीको अलिपुरद्वार भ्रमणको क्रममा अलिपुरद्वार जिल्ला अन्तर्गत दुई वटा चिया बगान खोलिएको छ। स्मरण रहोस, मदारीहाट ब्लकको दलमोड चिया बगान हिज बुधबारदेखि खोलियो। यसबाहेक, गत 20 जनवरीमा डुवर्सको तीन वटा चिया बगान तोर्षा, कालचीनी र रायमाटाङ पनि खोलिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *