कालेबुङमा फेरि 6 जना कोरोना संक्रमित

कालेबुङ : कालेबुङ जिल्लाको विभिन्न ठाउँहरूमा मोठ नयाँ 6 वटा मामिला प्रकाशमा आएको छ। स्वास्थ्य विभागीय सूत्रअनुसार देशका अन्य राज्यहरूबाट फर्किएका मानिसहरूको गत मई महिनाको विभिन्न समयमा स्वाब टेस्टको लागि पठाइएको थियो भने गत राति तिनीहरूको टेस्टको परिणाम आएपछि 6 जना संक्रमित भएको पुष्टि भएको छ। यी संक्रमित हुने 6 जना रोगीहरूमध्ये कुमाई ग्राम पञ्चायतका 1 जना, सुरूक समथार ग्राम पञ्चायत क्षेत्रका 1 जना, कास्योङ ग्राम पञ्चायतका 1 जना अनि अन्य 3 जना विभिन्न ठाउँहरूको रहेको जानकारी प्राप्त भएको छ। यी संक्रमित व्यक्तिहरूमध्ये 5 जना दिल्लीबाट अनि 1 जना मुम्बईबाट हालै घर फर्किआएका थिए। संक्रमित भएका सबै 6 जनालाई सिलगढीस्थित कोभिड 19 अस्पतालमा भर्ना गरिने भएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *