कालेबुङ नेउरा भ्याली पार्कमा देखापर्‍यो रोयल बेङ्गल टाइगर

कालेबुङ : कालेबुङ जिल्लाको नेउरा भ्याली नेशनल पार्कमा रोयल बेङ्गल टाइगर देखापरेको दावी गरिएको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार कालेबुङ जिल्ला अन्तर्गत पर्ने 38 नम्बर समष्टि क्षेत्रअन्तर्गत लाभा बजारदेखि लगभग 15 किलोमिटर टाढामा रहेको नेउरा भ्याली नेशनल पार्कमा रोयल बेङ्गल टाइगरको भीडियो सीसी क्यामारामा कैद भएको छ। यसभन्दा अघि पनि विगत 19 जनवरी 2017-मा नेउरा भ्याली जङ्गल अन्तर्गत पर्ने पेदोङ जाने बाटोमा एकजना वाहन चालकले रोयल बेङ्गल टाइगर देखेपछि यसको फोटो पनि तिनले क्यामारामा कैद गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *