काली पुजा अघि गन्डारमोडमा पुलिसको नाका चेकिङ अभियान 

राजगञ्ज (निसं): काली पुजा अघि गन्डारमोडमा पुलिसले विशेष नाका चेकिङ अभियान चलायो। आज न्यु जलपाईगढी थाना अन्तर्गत सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको गन्डारमोडमा नाका चेकिङ अभियान चलायो। पुजाको दिन कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर पुलिसद्वारा विशेष नाका चेकिङ अभियान चलाएको बताइएको छ। यस अवसरमा न्यु जलपाईगढी थानाका ओसी पार्थ सारथी दास, आमबारी आउटपोस्टका ओसी सन्दीप दत्त, फुलबारी हाईवे ट्राफिक आउट पोस्टका ओसी गोविन्द राय उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *