सिलगढी : कालियागञ्ज काण्डलाई लिएर राष्ट्रिय अनुसूचित जाति आयोगका उपाध्यक्ष अरुण हालदारले एकपल्ट फेरि राज्यको सत्तारूढ दलप्रति कटाक्ष कसे। तिनी आज बाघडुग्रा हवाई अड्डाबाट विमानमार्फत् दिल्लीतर्फ प्रस्थान गरे। दिल्ली प्रस्थान गर्न अघि तिनले हवाईअड्डामा पत्रकारहरूसित कुराकानी गर्दै भने, उत्तर दिनाजपुरको कालियागञ्ज एउटी नाबालिकासित दुर्ष्कम गरेपछि तिनको हत्या गरिदिएको छ। यसबारे जानकारी पाएपछि पीडित परिवारका सदस्यहरूसित भेट गर्न आफू दिल्लीबाट यहाँ आए तापनि राज्य प्रशासनको कुनै पनि उच्च अधिकारी हालसम्म नआएकोमा म अचम्भित छु। आईजीपी, एसपी, डीएमलाई त्यहाँ उपस्थित हुने निर्देश दिए तापनि तिनीहरू आएनन्। यहाँसम्म कि मामिलाको आईओ अधिकारी पनि आएनन्। योजना बनाएर उक्त नाबालिकासित दुष्कर्म गरेको हो। घटनाको निष्पक्ष जाँचको लागि कालियागञ्जका आईसी तथा उत्तर दिनाजपुरका पुलिस अधीक्षकलाई सस्पेन्ड गर्नको लागि आयोगसित आवेदन गर्ने तिनले बताए।
कालियागञ्ज काण्ड: आईसी र उत्तर दिनाजपुरका पुलिस अधीक्षकलाई सस्पेन्ड गर्नको लागि राष्ट्रिय अनुसूचित जाति आयोगले आवेदन गर्ने

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
