खरसाङ (निसं) : दार्जिलिङ संसदीय सिटको लागि भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टको समर्थनमा खरसाङको मन्टिभियट खेल मैदानमा भारतीय जनता पार्टीको आयोजनामा चुनावी जनसभा सम्पन्न भएको छ। उक्त चुनावी जनसभा क्रामाकपाको नेतृत्व एंव पूर्व सांसद आरबी राईको अध्यक्षता र केन्द्रीय भू विज्ञान मन्त्री किरण रिजिजुको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। उक्त जनसभामा स्वागत सम्भाषण भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले राखेका थिए भने जनसभालाई गोरानिमो अध्यक्ष दावा पाख्रिन, क्रामाकपाबाट जेबी राई, गोरामुमोबाट निमा लामा, दार्जिलिङका भाजपा विधायक निरज जिम्बा, गोजमुमो अध्यक्ष बिमल गुरुङ, प्रदीप प्रधान, डा महेन्द्र पी लामा, भारतीय जनता पार्टीको प्रार्थी राजु विष्ट र केन्द्रीय मन्त्री किरण रिजिजु आदिले वक्तव्य राखेका थिए। खरसाङको मन्टिभियट खेल मैदानमा भएको चुनावी जनसभामा भारतीय जनता पार्टी र यसको गठबन्धन दलहरू क्रमैले गोजमुमो, गोरामुमो, क्रामाकपा, गोरानिमो, सुमेटु मोर्चा आदिका पदाधिकारीहरू उपस्थित रहेका थिए। उक्त चुनावी जनसभामा सम्बोधन गर्न आएका केन्द्रीय मन्त्री किरण रिजिजुलाई भाजपा र गठबन्धन दलहरूका समर्थकहरूले भव्य स्वागत जनाएका थिए। उक्त चुनावी जनसभापछि पत्रकारहरूसित कुराकानी गर्दै केन्द्रीय भू विज्ञान मन्त्री किरण रिजिजुले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कुनै नियम कानुन नमान्ने तर भष्टचारमा लिप्त रहेको आरोप लगाएका छन्। उनले यसपाली कंग्रेसले इतिहासमा सबैभन्दा कम्ती लोकसभा सिट जित्ने र यसपाली केवल 40 वटा सिटहरूभन्दा कम सिट जित्ने साथै यसपाली रेकर्ड सिटहरूका साथमा नरेन्द्र मोदीको सरकार बनिने रनिश्चित बनेको बताएका छन्। त्यसरी नै पत्रकारहरूसित कुराकानी गर्दै भाजपा प्रार्थी राजु विष्टले कंग्रेसले बंगालमा खाता पनि खेल्न नसक्ने तर पूरा बंगाल मोदीमय बनेको बताएका छन् ।
केन्द्रीय मन्त्री किरण रिजिजुको उपस्थितिमा भाजपा प्रार्थी राजु विष्टको समर्थनमा खरसाङमा चुनावी जनसभा

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
