राजगञ्ज, 17 मई (निसं): खगेश्वर राय चौथो पल्ट जलपाईगढी जिल्ला तृणमूल कांग्रेसका चेयरम्यान बनेका छन्। कार्यकर्ता तथा समर्थकहरूले उनलाई सम्मान र बधाई दिएका छन्। जानकारी अनुसार शुक्रबार अखिल भारतीय तृणमूल कांग्रेस पार्टीले विभिन्न जिल्लाहरूका अध्यक्ष तथा चेयरम्यानहरूको नाम घोषणा गरेको थियो। जलपाईगढी जिल्ला चेयरम्यानको रूपमा खगेश्वर रायको नाम घोषणा भएको खबर आउनसाथ बिन्नागुढी क्षेत्रसहित विभिन्न ग्राम पञ्चायतहरूबाट पार्टीका कार्यकर्ता र समर्थकहरू बिहानैदेखि विधायक खगेश्वर रायको निवासमा भेला भए।
उनीहरूले फूलको गुच्छा, उपहार तथा मिठाइद्वारा उनको स्वागत गरे। विधायक खगेश्वर रायले भने, “अखिल भारतीय तृणमूल कांग्रेस नेत्री ममता ब्यानर्जी तथा पार्टीका अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीले मलाई जलपाईगढी जिल्लाको चेयरम्यानको रूपमा पुनः जिम्मेवारी दिएको छ। यो मेरो लागि गर्व र खुशीको कुरा हो। आज विभिन्न स्थानहरूबाट कार्यकर्ता तथा समर्थकहरू आएर माया व्यक्त गरिरहेका छन्, जुन निकै प्रेरणादायक छ। हाम्रो मुख्य लक्ष्य आगामी 2026-को राज्य विधानसभा निर्वाचनमा जलपाईगढी जिल्लाका सबै सात सिटमा तृणमूलको जीत सुनिश्चित गर्नु र दिदीलाई उपहार दिनु हो।”
खगेश्वर राय जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका चेयरम्यान चयन, कार्यकर्ताहरूले दिए बधाई

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
