खानाको खोजीमा नक्सलबारीको बस्ती क्षेत्रमा पुगे गजराजहरू

नक्सलबारी, 21 मई (निसं): खाना खोज्दै जङ्गलबाट निस्किएर बस्ती क्षेत्रमा पुगे गजराजहरू। नेपाल सीमा नजिक नक्सलबारीको नेहालजोतमा 9 वटा हात्तीको बथान देखिएको छ। स्थानीयहरूले बिहान हात्तीहरूलाई जङ्गलतर्फ फर्किंदै गरेको देखेको बताएका छन्। वन विभाग अनुसार नेहालजोत क्षेत्रमा हाल 9 वटा हात्ती छन्। हात्तीहरूको बथान खाना पाएर कालाबारी जङ्गलतर्फ फर्कन सक्ने अनुमान गरिएको छ। हात्तीहरू बस्ती क्षेत्रमा घुमेका थिए, तर अहिलेसम्म कुनै क्षतिको खबर प्राप्त भएको छैन। वन विभागले हात्तीहरूको बथानमाथि निगरानी राखिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *