खोरीबारीमा ब्राउन सुगरसहित एकजना युवक पक्राउ

खोरीबारी, 25 जनवरी (निसं): खोरीबारी पुलिसले ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीको नाम रतन सरकार (24) बताइएको छ। उनी विधाननगरको मिलनपल्ली क्षेत्रका वासिन्दा हुन्।
जानकारी अनुसार, शुक्रबार राति खोरीबारीको बतासी स्वास्थ्य केन्द्र नजिक एकजना युवक घुमिरहेका थिए। गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा पुलिसले बतासी स्वास्थ्य केन्द्र नजिक पुगेर उक्त युवकलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि, जाँच गर्दा युवकको बाट 104 ग्राम ब्राउन सुगर उद्धार गरेपछि तिनलाई पक्राउ गरियो। पुलिस सूत्र अनुसार उद्धार गरेको मादक पदार्थको बजार मूल्य लाखौं रुपियाँ रहेको छ। आज आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गरिएको छ। पुलिस यस घटनाको जाँचमा जुटेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *