खोरीबारीमा हात्तीको ताण्डवले घर क्षतिग्रस्त

खोरीबारी : खोरीबारी खण्ड अन्तर्गत पर्ने रानीगञ्ज पानीसाली ग्राम पञ्चायतको खटमल मोड़ नजिक जङ्गली हात्तीले ताण्डव मच्चाएर एउटा घर क्षतिग्रस्त पारिदिएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति एउटा जङ्गली हात्ती उक्त इलाकामा पसेर विकास चक्रवर्ती नाम गरेको व्यक्तिको घरमा ताण्डव मच्चाउनको साथै घर पूर्ण रूपमा क्षतिग्रस्त पारिदिएको बताइएको छ। सम्बन्धित विभागले उचित पहल गरिदिने अपील गर्दै पीडित विकासले सहयोगको माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *