सिलगढी : वयस्क तथा नानीहरूको किडनी प्रत्यारोपण लगायत अन्य रोगको उपचार सेवा प्रदान गर्नको लागि कोलकातास्थित सीएमआरआईका विशेषज्ञ डाक्टरहरू सिलगढीको डागापुरस्थित एउटा निजी अस्पतालमा आउने भएका छन्। आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर कोलकाताका सीएमआरआईका विशेषज्ञ डाक्टरले यसबारे जानकारी दिएका छन्। कोलकाताको सीएमआरआई विशेषज्ञको एउटा टोली प्रत्येक महीना उत्तर बंगाल तथा सिक्किम आउनेछन्। सीएमआरआई डक्टर तथा सर्जनको टोलीले सफलतापूर्वक नानीहरूमा किडनी प्रत्यारोपण गरिरहेको छ। उक्त टोलीले यसपल्ट उत्तर बंगालका मानिसहरूलाई पनि उपचार सेवा प्रदान गर्ने भएको छ। सीएमआरआईका ट्रान्सप्लान्ट सर्जन डा. प्रदीप चक्रवर्तीले भने, वयस्क तथा नानीहरूमा किडनी प्रत्यारोपण तथा ट्रान्सप्लान्ट गर्ने गरिन्छ। सिलगढीको एउटा निजी अस्पतालको संयुक्त पहलमा विशेषज्ञ डक्टरहरू सिलगढीको डागापुरस्थित एउटा निजी अस्पतालमा आउनेछन्। प्रत्येक महीना विशेषज्ञ डाक्टरहरूको टोली सिलगढी आएर उचित चिकित्सा सेवा प्रदान गर्नेछन्।
किडनी प्रत्यारोपण लगायत अन्य रोगको उपचार गर्न सिलगढी आउनेछन् सीएमआरआईका विशेषज्ञ डाक्टर

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
