किडनी प्रत्यारोपण लगायत अन्य रोगको उपचार गर्न सिलगढी आउनेछन् सीएमआरआईका विशेषज्ञ डाक्टर

सिलगढी : वयस्क तथा नानीहरूको किडनी प्रत्यारोपण लगायत अन्य रोगको उपचार सेवा प्रदान गर्नको लागि कोलकातास्थित सीएमआरआईका विशेषज्ञ डाक्टरहरू सिलगढीको डागापुरस्थित एउटा निजी अस्पतालमा आउने भएका छन्। आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर कोलकाताका सीएमआरआईका विशेषज्ञ डाक्टरले यसबारे जानकारी दिएका छन्। कोलकाताको सीएमआरआई विशेषज्ञको एउटा टोली प्रत्येक महीना उत्तर बंगाल तथा सिक्किम आउनेछन्। सीएमआरआई डक्टर तथा सर्जनको टोलीले सफलतापूर्वक नानीहरूमा किडनी प्रत्यारोपण गरिरहेको छ। उक्त टोलीले यसपल्ट  उत्तर बंगालका मानिसहरूलाई पनि उपचार सेवा प्रदान गर्ने भएको छ। सीएमआरआईका ट्रान्सप्लान्ट सर्जन डा. प्रदीप चक्रवर्तीले भने, वयस्क तथा नानीहरूमा किडनी प्रत्यारोपण तथा ट्रान्सप्लान्ट गर्ने गरिन्छ। सिलगढीको एउटा निजी अस्पतालको संयुक्त पहलमा विशेषज्ञ डक्टरहरू सिलगढीको डागापुरस्थित एउटा निजी अस्पतालमा आउनेछन्। प्रत्येक महीना विशेषज्ञ डाक्टरहरूको टोली सिलगढी आएर उचित चिकित्सा सेवा प्रदान गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *