सिलगढी, 19 दिसम्बर: सिलगढीबाट कोलकाता जानको लागि रात्रीकालीन ट्रेन सञ्चालनको गरिनु पर्ने माग गर्दै रेलमन्त्री अश्विनी वैष्णवलाई पत्र लेखे सिलगढीका विधायक शंकर घोषले।
उत्तर बंगालको एक महत्वपूर्ण शहर हो सिलगढी, तर यहाँबाट राज्यको अर्को महत्वपूर्ण शहर तथा राज्यको राजधानी कोलकाता जानको लागि रात्रीकालीन कुनै ट्रेनको व्यवस्था छैन। तथापि, अन्तिम ट्रेन राति 8:40 बजे चल्नेछ। मानिसहरूको अन्तिम आशा पनि यही ट्रेन हो। त्यसकारण धेरै मानिसहरू विभिन्न कामहरू सकेपछि राति 10 बजेपछि कोलकाता फर्कन सक्दैनन्। त्यसको लागि उनीहरूले अर्को दिन पर्खनुपर्छ, अथवा अत्यावश्यक अवस्थामा निजी भाडामा गाडी लिएर धेरै पैसा खर्च गरेर राजधानीतर्फ यात्रा गर्नुपर्छ।
त्यसैले, सिलगढीबाट राजधानी कोलकाता जाने रात्रीकालीन कुनै पनि ट्रेन सञ्चालन गरिदिने विषयमा रेलमन्त्री अश्विनी वैष्णवलाई अनुरोध गरेका छन् सिलगढीका विधायक शंकर घोषले।