कृषि बीलको समर्थनमा सिलगढीमा भाजपाको र्‍याली

सिलगढी : कृषि बीलको समर्थनमा भाजपाको तर्फबाट आज सिलगढीमा एउटा र्‍याली निकालिइयो। उक्त र्‍याली सिलगढीको बाघाजतीन पार्कबाट शुरू गरेर यहाँको विभिन्न मार्गको परिक्रमा गरेर अन्तमा मल्लागुढीमा पुगेर समापन गरियो। उक्त र्‍यालीमा भाजपाका राज्य नेता राजु ब्यानर्जी, जिल्लाका केही नेताहरू लगायत कार्यकर्ताहरू उपस्थित थिए। र्‍याली शुरू हुन अघि पत्रकारहरूसित कुराकानी गर्दै भाजपा नेता राजु ब्यानर्जीले विपक्षी पार्टीले कृषि बीलबारे मानिसहरूलाई भुल बुझाइरहेको आरोप लगाउँदै कटमनी बन्द हुने भएकोले गर्दा तृणमूल कांग्रेसले उक्त बीलको विरोध गरिरहेको बताए। यसबाहेक भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवालले यसभन्दा अघि पनि विपक्षी पार्टीले साधारण मानिसहरूलाई विभिन्न बीलहरूको बारे दिग्भ्रमित गरिरहेको बताए। तथापि, यस बीलबाट हुने लाभहरू आफूहरूद्वारा मानिसहरूसम्म पुर्‍याउने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *