कुदिरहेको पिकअप भ्यानमा लाग्यो आगो

बाघडुग्रा : सिमेन्ट बोकेको चलिरहेको पिकअप भ्यानमा आगो लाग्दा चालक भाग्यले बाँचे। प्राप्त जानकारीअनुसार सिमेन्ट बोकेको एउटा पिकअप भ्यान आज दिउँसो बाघडुग्राबाट ब्याङ्कडुबीतर्फ गइरहेको समय उक्त भ्यानमा आगो लागेको बताइएको छ। घटनाको खबर पाएर ब्याङ्कडुबी सेना छाउनीको दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याइयो। अर्कोतिर, घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगे। यस सम्बन्धमा वाहन चालक मोहम्मद रमजानले बताएअनुसार पिकअप भ्यानमा सिमेन्ट बोकेर गइरहेको समय वाहनबाट धुँवा निस्केको देखेपछि वाहन बन्द गर्ने बित्तिकै वाहनमा आगो लाग्यो। तथापि, दमकलको इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *